चितवन, ५ मंसिर, २०८३ । गृहमन्त्री सुदन गुरुङले राष्ट्रसेवक कर्मचारीलाई कुनै पनि राजनीतिक दलको झोला नबोक्न र नेताको चाकडी नगर्न चेतावनी दिनुभएको छ ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले कर्मचारीको प्रमुख जिम्मेवारी देश र जनताको सेवा गर्नु रहेको बताउनुभएको हो ।
पदीय जिम्मेवारी बिर्सेर जनताको कामभन्दा नेताको चाकडीलाई प्राथमिकता दिने कर्मचारीमाथि कानुनबमोजिम कडा कारबाही गरिने उहाँले स्पष्ट पार्नुभएको छ ।
गृहमन्त्री गुरुङले सरकारलाई राजनीतिक दलको पक्षमा काम गर्ने नभई जनताको दुःख बुझ्ने, इमानदारीपूर्वक कर्तव्य निर्वाह गर्ने र राष्ट्रप्रति समर्पित कर्मचारी आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।










