चितवन, ५ मंसिर, २०८३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबाट असंवैधानिक कदम चालिएको आरोप लगाउनुभएको छ ।
पार्टीको नेशनल भोलिन्टियर फोर्सको पहिलो स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक भएको दाबी गर्नुभयो ।
उहाँले संसद् विघटन गरेर लोकतन्त्र जोगाएको भन्ने तत्कालीन राष्ट्रपतिको भनाइप्रति प्रश्न उठाउँदै एमालेले संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा समेत फैसला नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।










