चितवन, ५ मंसिर, २०८३ । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा), नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले निर्धारित समयभित्र मुख्यमन्त्रीमा दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव नियुक्त हुनुभएको हो । नवनियुक्त मुख्यमन्त्री यादवले अब संविधानले तोकेको समयभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ ।









