नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

चितवन, ५ मंसिर, २०८३ । मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्यले नेपाललाई वैदिक ज्ञान, पूर्वीय दर्शन र धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्न वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्ने बताउनुभएको छ ।

नवलपरासीको त्रिवेणीधामस्थित गजेन्द्रमोक्ष दिव्यधाममा जारी विराट महायज्ञका अवसरमा रासससँग कुरा गर्दै उहाँले वैदिक ज्ञानको संरक्षण, अनुसन्धान र अन्तर्राष्ट्रिय प्रचारका लागि छुट्टै विश्वविद्यालय आवश्यक रहेको बताउनुभयो । उहाँले मुक्तिनाथसहित नेपालका ऐतिहासिक तथा धार्मिक तीर्थस्थलको प्रचारप्रसार, शालग्राम सभ्यताको संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिनुभयो ।

मंसिर महिनाभर सञ्चालन हुने महायज्ञमार्फत श्रीमुक्तिनाथ पीठ वेदविद्याश्रमको स्तरोन्नति गरी वैदिक विश्वविद्यालय स्थापनाको लक्ष्य राखिएको छ । साथै पाँच करोड २५ लाख दीप प्रज्वलनलगायत धार्मिक अनुष्ठानसमेत आयोजना गरिने जनाइएको छ । स्वामी कमलनयनाचार्यले धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि सरकार तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार

बघौंडा मध्यवर्ती सहकारीको खुद मुनाफा १६ लाख ५५ हजार रुपैयाँ

  • १ मिनेट अघि

सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली

  • ४ मिनेट अघि

राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्‍याउन मिल्दैन’ : प्रदीप ज्ञवाली

  • ६ मिनेट अघि

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

  • ८ मिनेट अघि

बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन

  • १० मिनेट अघि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

  • १३ मिनेट अघि