बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन

चितवन, ५ मंसिर, २०८३ । भोटेकोशी बाढी र असोज ११ तथा १२ गतेको अविरल वर्षापछिको बाढीबाट प्रभावित भरतपुर महानगरका स्थानीय, नगर प्रहरी, स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग प्रदान गरिएको छ ।

इस्रा एडको सहयोगमा वर्ल्ड भिजन एड्भोकेसी फोरमले सञ्चालन गरिरहेको कार्यक्रममा बाढी प्रभावित तथा शव व्यवस्थापनमा खटिएका व्यक्तिलाई मनोवैज्ञानिक प्राथमिक सहयोग, मनोसामाजिक परामर्श र आवश्यक रेफरलसम्बन्धी तालिम दिइएको छ ।

कार्यक्रमअन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत मनोसामाजिक स्वास्थ्य तथा बालमैत्री सिकाइसम्बन्धी तालिम प्रदान गरिएको छ । साथै, स्वास्थ्य शिविर सञ्चालन, सरसफाइ सामग्री वितरण र खानेपानीको गुणस्तर परीक्षणलगायतका काम भइरहेका छन् । तीन महिनाको अवधिका लागि सञ्चालन गरिएको कार्यक्रमको अब डेढ महिना कार्यअवधि बाँकी रहेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार

बघौंडा मध्यवर्ती सहकारीको खुद मुनाफा १६ लाख ५५ हजार रुपैयाँ

  • १ मिनेट अघि

सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली

  • ४ मिनेट अघि

राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्‍याउन मिल्दैन’ : प्रदीप ज्ञवाली

  • ६ मिनेट अघि

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

  • ८ मिनेट अघि

बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन

  • १० मिनेट अघि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

  • १३ मिनेट अघि