नेपाली फुटबलमाथिको फिफा प्रतिबन्ध फुकुवाको प्रक्रिया अघि बढ्यो, एन्फा चुनाव गराउन फिफा सहमत

चितवन, ५ मंसिर, २०८३ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताउनुभएको छ ।

थाइल्यान्डमा फिफा र एसियाली फुटबल महासङ्घ (एएफसी)का उच्च पदाधिकारीसँग छलफल गरेर फर्किएका मन्त्री पोखरेलका अनुसार नेपाली फुटबलको निलम्बन फुकुवासँगै एन्फाको तहगत निर्वाचन गराउन फिफा र एएफसी सहमत भएका छन् ।

एन्फाको निर्वाचन कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा फिफाले आगामी डिसेम्बरमा प्रस्तावसहितको रोडम्याप पठाउनेछ । तर, पुरानै नेतृत्वबाट चुनाव गर्ने वा अन्तरिम समिति गठन गर्ने भन्ने विषयमा भने निर्णय हुन बाँकी छ ।

मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई नेपाल भ्रमणको निम्तोसमेत दिएको जानकारी दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार

सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली

  • ३ मिनेट अघि

राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्‍याउन मिल्दैन’ : प्रदीप ज्ञवाली

  • ५ मिनेट अघि

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

  • ८ मिनेट अघि

बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन

  • १० मिनेट अघि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

  • १३ मिनेट अघि

कर्मचारीले नेताको चाकडी होइन, जनताको सेवा गर्नुपर्छ’ : गृहमन्त्री गुरुङ

  • ४ घण्टा अघि