चितवन, ५ मंसिर, २०८३ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा चुनावी प्रचारप्रसारका लागि सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा बोल्दै उहाँले अहिलेको युग सूचना प्रविधिको भएकाले परम्परागत भाषण र सभामा मात्रै सीमित भएर चुनाव जित्न नसकिने धारणा राख्नुभयो ।
प्रचण्डले संविधान र कानुनअनुसार आगामी जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन हुनुपर्ने उल्लेख गर्दै सरकारले उपयुक्त समयमा निर्वाचनको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्तै, पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।










