कोसी प्रदेशमा बालबालिकाविरुद्ध हिंसाका ७५९ मुद्दा, जबरजस्ती करणीका मात्रै ५१२ घटना

चितवन, ५ मंसिर, २०८३ । कोसी प्रदेशमा बालबालिकाविरुद्ध हुने हिंसा, यौन दुर्व्यवहार र बालविवाह गम्भीर चुनौतीका रूपमा देखिएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको ‘कोसी प्रदेशका बालबालिकाको स्थिति प्रतिवेदन–२०८३’ अनुसार बालबालिकाविरुद्ध हिंसा तथा यौन दुर्व्यवहारका ७५९ मुद्दा दर्ता भएका छन् ।

दर्ता मुद्दामध्ये जबरजस्ती करणीका मात्रै ५१२, बाल यौन दुरुपयोगका ११४ र जबरजस्ती करणी उद्योगका ८३ घटना छन् । कुल मुद्दामध्ये ६७५ फछ्र्यौट भएका छन् भने ८४ मुद्दा बाँकी छन् ।

त्यस्तै, आर्थिक वर्ष २०८२/८३ मा सुनसरी, मोरङ र संखुवासभामा बालविवाहसम्बन्धी ६९ उजुरी परेका छन् । प्रदेशका १३७ स्थानीय तहमध्ये हालसम्म पाँच स्थानीय तह मात्रै पूर्ण बालमैत्री घोषणा भएका छन् ।

प्रतिवेदनले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार देखिए पनि बालसंरक्षण, हिंसा नियन्त्रण र बालमैत्री शासनमा अझै चुनौती रहेको औँल्याएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार

सुशीला कार्की र राष्ट्रपति पौडेलबाट असंवैधानिक कदम चालियो’ : केपी ओली

  • ३ मिनेट अघि

राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंसलाई उचित ठहर्‍याउन मिल्दैन’ : प्रदीप ज्ञवाली

  • ६ मिनेट अघि

मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

  • ८ मिनेट अघि

बाढी प्रभावितलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, भरतपुरमा विभिन्न कार्यक्रम सञ्चालन

  • १० मिनेट अघि

नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको विश्व केन्द्र बनाउन वैदिक विश्वविद्यालय स्थापना गर्नुपर्छ : स्वामी कमलनयनाचार्य

  • १३ मिनेट अघि

कर्मचारीले नेताको चाकडी होइन, जनताको सेवा गर्नुपर्छ’ : गृहमन्त्री गुरुङ

  • ४ घण्टा अघि