चितवन, ५ मंसिर, २०८३ । माडीको बसन्तपुरस्थित बघौंडा मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.ले गत आर्थिक बर्ष २०८२/८३ मा १६ लाख ५५ हजार ३३१ रुपैंया खुद मुनाफा आर्जन गरेको छ ।
शनिबार सहकारी परिसरमा सम्पन्न बाह्रौं बार्षिक साधारणसभामा प्रस्तुत भई पारित भएको लेखापरीक्षण प्रतिवेदन अनुुसार सो सहकारीले कूल ६ करोड ६५ लाख ४३ हजार ५९३ रुपैंया को कारोबारबाट सो मुनाफा आर्जन गरेको हो ।
सहकारीका अध्यक्ष पिताम्बर पोख्रेलको अध्यक्षतामा सम्पन्न साधारणसभा कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष प्रभुप्रसाद महतोको प्रमुख आतिथ्य रहेको थियो । माडी क्षेत्रमा मध्यवर्ती सहकारीहरु अन्य सहकारीभन्दा तुलनात्मक कम ब्याजदरमा ऋण दिने सहकारीका रुपमा परिचित रहेका छन् ।










