जीवनभर पदमा बस्ने योजना छैन, घाटसम्मै पदसँगै जाने होइन’ : राजेन्द्र लिङ्देन

चितवन, ५ मंसिर, २०८३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको आगामी महाधिवेशनबाट आफूभन्दा राम्रो नेतृत्व आए जिम्मेवारी हस्तान्तरण गर्न तयार रहेको बताउनुभएको छ ।

एक अन्तर्वार्तामा उहाँले आफू जीवनभर पदमा बस्ने सोचमा नरहेको उल्लेख गर्दै महाधिवेशन नेतृत्व चयन र पार्टीको कार्यशैली समीक्षा गर्ने अवसर भएको बताउनुभयो ।

अध्यक्षमा दोहोरिने वा नयाँ नेतृत्व आउने विषयमा अहिले नै निर्णय नगरेको बताउँदै लिङ्देनले कार्यकर्ताले रोजेको व्यक्ति अध्यक्ष बन्ने स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीको महाधिवेशनलाई आगामी स्थानीय तह निर्वाचनको तयारीका रूपमा समेत अघि बढाइएको बताउनुभयो । साथै, वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको टिप्पणी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणमा सीमा, व्यापारसँगै लागुऔषध दुर्व्यसनको विषयलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया