स्वदेशपोष्ट विशेष

चाडपर्व नजिकिँदै गर्दा माडीमा ट्राफिक चेक जाँचमा कडाइ

चाडपर्व नजिकिँदै गर्दा ईलाका प्रहरी कार्यालय माडी अन्तरगतका ट्राफिक प्रहरीले मादक पदार्थ सेवन, हेलमेट र सवारी चालक अनुमती पत्रलगायत कागजातहरुको चेक जाँचलाई कडाइ गरेको छ ।

सवारी सुरक्षालाई मध्यनजर गर्दै माडीका विभिन्न स्थानमा छड्के चेकजाँच गर्ने कार्यलाई निरन्तरता दिएको ईलाका प्रहरी कार्यालय माडीले हिजो बसन्तपुरको शहीदचोकमा सवारी चेकजाँच गरेको थियो । साँझ ४ बजेदेखि ६ बजेसम्म गरिएको ट्राफिक चेकिङबाट पाँच हजार रुपैंया राजस्व संकलन भएको ईलाका प्रहरी कार्यालय माडीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने, तीब्र गतिमा मोटरसाइकल चलाउने, हेलमेट नलगाई तथा लाइसेन्स ब्लुबुक साथमा नलिई मोटरसाईकल चलाउनेलाई ऐन बमोजिम कारबाही गरिने प्रहरी नायब निरीक्षक प्रदिप कुमार सिंह क्षेत्रीले स्वदेश एफ.एम.लाई जानकारी दिनभुयो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार