देश-प्रदेश खबर पोष्ट

प्रचण्डले मंसिर २१ गते माडीकाे सोमेश्वरगढीमा निर्माण हुने गोलपार्कलाई शिलान्याश गर्ने

नेपाल सरकारको संघीय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक सयवटा पर्यटकीय गन्तव्यहरुको सुचीमा समावेश गरेको सोमेश्वरगढीमा गोलपार्क निर्माण सुरु हन लागेको छ । सोमेश्वरगढीमा निर्माण हुने निश्चित भएको सो गोलपार्कलाई पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं माडी क्षेत्र समेट्ने चितवन क्षेत्र नं. ३ का साँसद पुष्पकमल दाहाल प्रचण्डले शिलान्याश गर्नुहुने कार्यक्रम रहेको छ । प्रचण्डले आउँदो मंसिर २१ गते माडीको सोमेश्वरमा सो गोलपार्कको शिलान्यास गर्नुहुने माडी ५ का वडाध्यक्ष रामबन्धु पोखरेलले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । पर्यटकीय गन्तव्यस्थलको सुचीमा समेटिएको सोमेश्वरगढीको दीर्घकालीन र बृहत्तर विकासका लागि गुरुयोजना निर्माणको प्रक्रिया जारी रहेको छ भने त्यहाँ पुग्ने बाटो निर्माणको कार्य पनि करीब पुरा भएको छ ।

यसैबिच, सोमेश्वरगढी उक्लने बाटोमा ढुंगा खोपेर कालीका माताको मुखाकृति कुँद्ने कार्य करीब आधा सकिएको छ । मुर्तीकार एवं चित्रकार दिनेश्वर महतो नेतृत्वको टोलीले सोमेश्वरगढी पुग्ने बाटोको मोडमा दुईतिरबाट देख्न सकिने गरी मुर्ती कुँद्ने कार्य जारी राखेको हो ।

तपाईको प्रतिक्रिया