
सुत्केरी लिएर फर्किंदै गरेको जीप पाल्पामा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । पाल्पाको जल्पाबाट बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप गएराति सात बजेतिर आर्गिडाँडा ओढारे भन्ने स्थानमा दुर्घटना भएको थियो ।
चार जनाको घटनास्थलमै र एक जनाको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार मृत्यु हुनेमा पाल्पाको माथागढी गाउँपालिका- ८ बस्ने अन्दाजी ३२ वर्षीया यानीसरा गाहा, वर्ष ४० की बुमा कुमारी दर्लामी, वर्ष ७१ का रेवतबहादुर जीसी, वर्ष २४ की कुनीसरा रुचाल र जीप चालक २० वर्षीय वीरेन्द्र राना छन् ।

