स्वदेशपोष्ट विशेष

गाउँमा बिजुली जडानको माग गर्दै माडी दिवानगरका स्थानियद्वारा भरतपुर वितरण केन्द्र घेराउ

गाउँमा बिजुली जडानको माग गर्दै अाइतबार मध्यपूर्वी माडीको दिवानगर गाउँबासीहरुले नेपाल बिद्युत प्राधिकरणको भरतपुर वितरण केन्द्र घेराउ गरेका छन् । माडीमा बिजुली बल्न सुरु भएको दुई बर्ष बितिसक्दा पनि दिवानगर गाउँमा बिजुली बिस्तार नगरिएको भन्दै भरतपुर वितरण केन्द्र घेराउ गरिएको हो ।

प्राधिकरण घेराउ कार्यक्रममा स्थानीय युवाहरुसंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नं. ३ सदस्य लीलाधर आचार्य, वडा नं. ७ का निर्वाचित वडा सदस्य राम बहादुर क्षेत्री र स्थानीय सामाजिक तथा राजनैतिक अगुवाहरु ढाकामोहन तिमिल्सिना, कुल बहादुर आचार्य लगायतको उपस्थिति रहेको थियोे । प्राधिकरण पक्षले सोमबारबाटै सो क्षेत्रमा बिजुली बिस्तारको प्रक्रिया सुरुवात गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया