स्वदेशपोष्ट विशेष

माडीकाे बघौंडा अस्पतालमा बिशेषज्ञ सेवा सूचारू

बघौंडा अस्पतालमा साेमबारदेखि बिशेषज्ञ सेवा सूचारू भएको छ । अबदेखि हरेक महिनाको पहिलो सोमबार बघौंडा अस्पतालमा बिशेषज्ञ सेवा प्रदान गरिने भएको हाे ।

साेमबार बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा. राम प्रसाद सापकोटा र रेडियोलोजिष्ट रमेश घिमिरेले बिशेषज्ञ सेवा प्रदान गर्नु भएको थियाे । साे दिन पच्चिस जना बिरामीले बघौंडा अस्पतालमा साे सेवा लिएका छन् । बिशेषज्ञ सेवा प्रत्येक महिनाको पहिलो सोमबार बिहान दश बजेदेखि तीन बजे सम्म दिईने जनाइएकाे छ । यसअघि, गत आर्थिक बर्षको अन्त्यसम्म हरेह दिन विशेषज्ञ डाक्टरसहितको सेवा सञ्चालन गरिएको भएपनि त्यसको प्रभावकारितामा भने प्रश्न उठेकाे थियो ।

 

तपाईको प्रतिक्रिया