स्वदेशपोष्ट विशेष

सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लि. को १६ औं बार्षिक साधारणसभा सम्पन्न

सहनशीला महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारणसभा अाज आइतबार माडीको बरुवास्थित गर्दी सामुदायिक पुस्तकालयको प्राङ्गणमा सम्पन्न भएको छ ।

सहकारीकी अध्यक्ष शुसिला पोखरेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि माडी नगरपालिकाका सहकारी संयोजक तथा वडा नं. २ का वडाध्यक्ष ईश्वरी प्रसाद ढकाल रहनुभएको थियो । अतिथिहरुमा गर्दी सामुदायिक पुस्तकालयका अध्यक्ष भरत प्रसाद तिमिल्सिना, कृषक उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक चुडामणी पैनी लगायत रहनुभएको थियो । सो साधारणसभाले सहकारीको आर्थिक बर्ष २०७५/७६ को लेखापरीक्षण तथा प्रगति प्रतिवेदन पारित गरेको छ । कार्यक्रममा सहकारीका सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार