देश-प्रदेश खबर पोष्ट

माडीका एक युवा कतार जेलमा थुनिन बाध्य

बैदेशिक रोजगारीका लागि कतार पुगेका माडीका एक युवा कतार जेलमा थुनिन बाध्य हुनुपरेको छ । जनरल क्लिनरको पदमा कामका लागि करीब ३ बर्षअघि कतार पुग्नुभएका माडी नगरपालिका वडा नं. ७, कीर्तनपुर निवासी विनोद रानाभाट कतारस्थित ओक्रा जेलमा थुनिनुपरेको हो ।

बैदेशिक रोजगारीमा रहँदा सम्झौता अनुसारको काम गरिरहनुभएका रानाभाटलाई भारतीय कामदारको आक्रमण गरेकोमा ज्यानको सुरक्षाका लागि प्रतिकार गर्दा भारत सनैयाका अर्का कामदारको मृत्यु हुन पुगेको थियो । कतारस्थित अल ग्रुप क्लीनिङ कम्पनीमा जनरल क्लिन वर्कर पदमा काम गरिरहनुभएका उहाँलाई घटना लगत्तै कतार पुलिसले पक्राउ गरी ओक्रा जेलमा राखी मुद्धा चलाएको थियो । मुद्धाको फैसला अनुसार रानाभाटले भारतीय कामदारको परिवारलाई ब्लड मनीका रुपमा २ लाख ६० हजार कतारी रियल बुझाउनुपर्ने भएको उहाँको परिवार श्रोतले स्वदेश एफ.एम.लाई जानकारी दिएको छ ।

यसैबिच, मुद्धाको फैसला अनुसार भारतीय कामदारको परिवारलाई ब्लड मनी बुझाउनु पर्ने भएसंगै बिनोद रानाभाटको परिवार चिन्तामा डुबेको छ । परिवारको आर्थिक स्तर कमजोर रहेकोले छरछिमेकमा ऋणधन गरी छोरालाई वैदेशिक रोजगारीमा पठाएको विनोदका बुवा ढाकामोहन रानाभाटले जनाउनुभयो । यस्तो अवस्थामा करीब ८२ लाख रुपैंया हुन आउने कतारी रियल २ लाख ६० हजार रुपैंयाको जोहो गर्न आफ्नो परिवारको सम्पूर्ण जायजेथा बेच्दा पनि नपुग्ने अवस्था रहेको उहाँको भनाई छ । कतारको जेलमा थुनिएर जीवन नै बर्बाद हुने अवस्थामा पुगेका छोरा विनोदको रिहाईका लागि यथासम्भव सहयोग गरिदिन उहाँले सबैमा अनुरोध गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार