स्वदेशपोष्ट विशेष

वामपन्थी नेता पौडेलको निधनप्रति नेकपाका नेता कार्यकर्ताहरुद्वारा शोक प्रकट

माडीका पुराना वामपन्थी नेता भुवानी प्रसाद पौडेलको निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताहरुले शोक प्रकट गरेका छन् ।

पूर्व शिक्षामन्त्री समेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य डि.आर. पौडेलले स्वर्गिय पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक वक्तव्य जारी गर्नुभएको छ । सामाजिक सञ्जालमा शोक सन्देश प्रकाशित गर्दै उहाँले समग्र चितवनको र मुलतः माडीको कम्युनिष्ट आन्दोलनका अग्रज, सरल व्यक्तित्व, ईमानदार नेता, ३० को दशकको तत्कालिन नेकपा (चौथो महाधिवेशन)का जिल्ला सदस्य, तत्कालिन नेकपा (माओवादी केन्द्र) का जिल्ला सल्लाहकार एवं सबैका अभिभावक व्यक्तित्वका रुपमा स्व. पौडेललाई स्मरण गर्दै शोकसन्तप्त परिवारजन, आफन्तजन र सबैमा समवेदना व्यक्त गर्नुभयो ।

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश नं. ३ सदस्य ओमनाथ पाण्डेले स्वर्गिय पौडेललाई दिवाकर स्मृति विद्यालयका संस्थापक अगुवा, साविक बघौंडा गा.वि.स.का निर्वाचित अध्यक्ष, अन्याय उत्पीडन बिरुद्धको आन्दोलनमा सक्रियतापूर्वक जीवन समर्पण गर्नुभएको व्यक्तित्वका रुपमा चित्रित गर्दै उहाँले देखाउनुभएको न्याय र समानताको बाटोमा अगाडी बढ्न सबैमा अनुरोध गर्नुभएको छ ।

त्यसैगरी अर्वुद रोगसग लड्दालड्दै आज निधन हुनुभएका पौडेलप्रति एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन माडी नगर समितिले समेत श्रद्धाञ्जली व्यक्त गरेको छ । त्यसैगरी स्वर्गिय पौडेलका परिवार सदस्य समेत रहनुभएका युवा नेता सन्तोष पनेरुले पनि एक वक्तव्य प्रकाशित गरी उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुभएको हो । स्वर्गिय पौडेललाई चिन्ने जान्नेहरूले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

ताजा समाचार