माडी (स्थानीय) खबर पोष्ट

निकुञ्ज ऐनको बिरोध गर्दै माडीका युवाहरुद्वारा चरणबद्ध दबावमुलक कार्यक्रमहरु जारी

निकुञ्ज ऐनको बिरोध गर्दै माडीका युवाहरुले जारी राखेको चरणबद्ध दबावमुलक कार्यक्रमहरु अन्तरगत माडी क्याम्पसमा विशेष छलफल गरिएको छ ।

माडी क्याम्पसका शिक्षक तथा तथा स्नातकोत्तर तहका विद्यार्थीहरुसँग माडीसहित मध्यवर्ती क्षेत्रको उत्पीडन विरुद्धको अभियानका बिषयमा बिशेष छलफल गरिएको हो । कार्यक्रमका सहभागीहरुले चितवन राष्ट्रिय निकुञ्जका कारण माडीको विकासमा भइरहेको निरन्तरको अवरोधको समाधानका लागि दबावमुलक आन्दोलनको बिकल्प नरहेकोमा जोड दिएका थिए । त्यसैगरी आउँदो फागुन ११ गते दिउँसो माडी क्याम्पसको सभाहलमा आयोजित बृहत छलफल कार्यक्रममा सहभागी हुन सम्पुर्ण माडीवासीहरुलाई अनुरोध गर्ने सहमती भएको समेत अभियानले जनाएको छ ।

त्यसैगरी माडीको बरुवामा जारी दोश्रो मेयर कप फुटबलको मध्यान्तर समयमा अभियन्ता शुशिल देवकोटाले आन्दोलनको आवश्यकता, औचित्य र कार्यक्रमहरुबारे सार्वजनिक बिचार व्यक्त गर्नुभएको थियो । उता, माडी भरतपुर सम्पर्क मञ्च र आन्दोलनरत युवाहरुबिच पनि अन्तरक्रियात्मक छलफल भएको छ । कार्यक्रममा, माडी सहित मध्यवर्ती क्षेत्रका उत्पीडनको बिरोध र न्यायको पक्षमा जारी युवाहरुको अभियानमा मञ्चको निरन्तर साथ सहयोग रहने मञ्चले प्रतिबद्धता व्यक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार