

नेपाल
विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले माडी नगरपालिकाको भित्री
गाउँहरुमा ११ के.भी. हाइटेन्सन र ०.४ के.भी.लाइनको बिजुली प्रवाह गर्न
लागेको छ । माडीको बनकट्टा, सितलपुर, खैरहनी, लक्ष्मीनिवास, ढुकुरबारी,
स्याउलीबास, चौकीडाँडा, दिवानगर, कुन्तिपुर र बाउनडोरी क्षेत्रमा यही फागुन
१२ गतेबाट बिजुली प्रवाह सुरुवात गर्न लागिएको भरतपुर वितरण केन्द्रका
प्रमुख शुरेस महतोले जानकारी दिनुभयो ।
फागुन १२ गते
बिहानैबाट लाइन चार्ज हुने भएकाले बिजुलीको पोल, स्टे, तार आदिजस्ता
विद्युतीय संरचनाहरु न्जिक नजान र नछुन केन्द्रले सबैमा अनुरोध गरेको छ ।
आज एक सार्वजनिक सुचना जारी गर्दै विद्युतीय संरचनाहरु छोएमा वा चलाएमा
दुर्घटना हुनसक्ने र त्यसो भएमा प्राधिकरण जवाफदेही नुहने जनाएको हो ।
यसअघि, माडीमा पहिलोपटक ३३ के.भी.को बिजुली प्रवाह हुँदा रुखमा चढी हाँगो
काटिरहेका एकजनाको ज्यान गएको थियो ।
नेपाल विद्युत प्राधिकरणले
माडी उपत्यकामा दोश्रो चरणको बिजुली बिस्तार अन्तरगत माडीभर करीब ६५० भन्दा
धेरै पोलहरु गाड्नुका साथै बिजुलीको तार तानेको हो । तर दोश्रो फेजमा
बिज्ली बिस्तारका लागि नाङ्गो तारहरु पनि तानिएकाले दुर्घटनाको सम्भावना
भने उच्च रहेको देखिन्छ ।


