माडी क्याम्पसको श्रीमद्भागवत महायज्ञमा घोषित बोलचन्दा संकलन सुरु

माडी क्याम्पसले सञ्चालन गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ अन्तरगत दान सहयोग घोषणा गरेका दाताहरुबाट रकम संकलन अभियान सुरुवात भएको छ ।

अभियानको सुरुको दिन आज अाइतबार करीब ३ लाख रुपैंया संकलन भएको माडी क्याम्पसका अध्यक्ष तीर्थराज भुसालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो । अभियानमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष भुसालसंगै क्याम्पस प्रमुख नेत्र प्रसाद गौतम, क्याम्पस सञ्चालक समितिका अन्य सदस्यहरु र शिक्षक अध्यापकहरुको सहभागिता रहेको थियो ।

स्नातकोत्तर तह र प्राविधिक शिक्षा सञ्चालनको सहयोगार्थ माडी क्याम्पसले दुई बर्षअघि २०७३ फाल्गुन २४ देखि चैत्र १ गतेसम्म श्रीमद्भागवत ज्ञान महायज्ञ सम्पन्न गरेको थियो । वाचन प्रवीण पण्डीत दीनबन्धु पोखरेल मुख्य वाचक रहनुभएको सो महायज्ञमा नगद र भूमिदानसहित करीब ६ करोड बराबरको दान संकलन भएको थियो । यसबिचमा, महायज्ञको एक उद्देश्यका रुपमा रहेको स्नातकोत्तर तहको अध्यापन माडी क्याम्पसमा सुरुवात भइसकेको छ ।

विज्ञापन १

विज्ञापन २

तपाईको प्रतिक्रिया