होली पर्वको अवसर पारी पूर्वी माडीको कृष्णनगरमा आयोजित होलीकप भलिबलको उपाधी माडी नगरपालिका १ सेरुवाले हात पारेको छ आज सम्पन्न फाइनल खेलमा माडी नगरपालिका ९ कृष्णनगरलाई २-१ को सेटमा पराजित गर्दै माडी १ सेरुवा विजयी भएको हो ।
ग्रिनल्याण्ड युवा क्लबको आयोजनामा कृष्णनगर माध्यमिक विद्यालयको चौरमा सञ्चालित सो प्रतियोगितामा माडीभरका १२ वटा टोलीको सहभागिता रहेको थियो । माडी नगरपालिका वडा नं ९ का वडाध्यक्ष शिवहरी सुवेदिको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा क्लबका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षता रहेको थियो । कार्यक्रममा स्थानीय सामाजिक अगुवाहरु नारदमणी पौडेल, प्रेम आचार्य, राजमान गुरुङ लगायतको आतिथ्यता रहेको थियो ।
उपाधि जित्न सफल माडी १ सेरुवाले नगद रु १० हजार प्राप्त गरेको छ भने दोश्रो हुन सफल माडी ९ कृष्णनगरले नगद रु ५०५० प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिज माडी नगरपालिका ९ का समिर गुरुङले प्राप्त गर्नुभएको खेल संयोजक नारायण अर्यालले स्वदेश एफ.एम.लाई जानकारी दिनुभयो ।




