स्वदेशपोष्ट विशेष

माडीमा बाल विवाह तथा मानव बेचविखन रोकथाम सम्बन्धीअनुशिक्षण सम्पन्न

माडी नगरपालिका महिला समितिको आयोजनामा बाल विवाह तथा मानव बेचविखन ओसार पोसार रोकथाम सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नगर महिला समितिका अध्यक्ष कोपिला सिवाकोटीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिकाका सल्लाहकार सदस्य जगन्नाथ भण्डारी र स्वदेश एफ.एम.का स्टेशन कोआर्डिनेटर मीरा रानाभाट लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा अधिवक्ता रामकृष्ण अधिकारीले बालबिवाह र सामाजिक महिला अभियानकर्मी बीना तिमिल्सिनाले मानव बेचविखनको बारेमा जानकारी गराउनुभएको थियो ।

समाजमा अशिक्षा, गरीवि, जनचेतनाको कमी, दबाव, अभिभावकको संरक्षत्व नहुनु र बेरोजगारी लगायतका कारणहरुले बाल विवाह तथा मानव बेचविखन र ओसार पोसार बढेको भन्दै त्यसलाई हटाउन सबैले पहल लिनुपर्नेमा प्रशिक्षकहरुले जोड दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार