

पश्चिमी माडीको कल्याणपुरस्थित कल्याणपुर खानेपानी उपभोक्ता समितिको दोश्रो सार्वजनिक लेखापरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा परियोजनाको कुल लागत करीब ५६ लाख ७० हजार रहेकोमा हालसम्म
करीब ८० प्रतिशत अर्थात ४२ लाख ७७ हजार बराबरको काम सम्पन्न भइसकेको र
बाँकी काम चैत्र मसान्तभित्र पुरा गर्ने लक्ष्य रहेको सार्वजनिक गरिएको
थियो । हालसम्म भन्डारण ट्याङकी, ईनार, सोलार प्रणाली जडान, पानीको पाइपलाइन
बिछ्याउने काम र ७७ ओटा घरधुरीमा धारा निर्माण कार्य पुरा भएको जनाइएको हो
। सार्वजनिक लेखापरीक्षण कार्यक्रममा सहभागी वाइन टु वाटर नेपालकी
राष्ट्रिय व्यवस्थापक रोशनी कार्की सापकोटा ले स्थानीयले गरेको श्रमदानको
उच्च मुल्यांकन गर्नुभएको थियो ।
कल्याणपुर डाँडागाउँ खानेपानी
परियोजनाका लागि वाइन टु वाटर नेपालबाट करीब ३५ लाख ६८ हजार, माडी
नगरपालिकाबाट ६ लाख, पाँचपाण्डव मध्यवर्ती उपभोक्ता समितिबाट १ लाख र माडी
नगरपालिका वडा नं. १ कार्यालयबाट पनि १ लाख रुपैंया लागत सहभागिता रहेको छ ।
त्यसैगरी स्थानीय पाँचपान्डव खानेपानी उपभोक्ता समितिबाट १,१०० मिटर पाईप
उपलब्ध गराइएको छ । परियोजनाको भौतिक निर्माण कार्यमा अमेरिकाबाट आएका
स्वयमसेवीहरुले सघाउँदै आएका छन् ।


