माडी (स्थानीय) खबर पोष्ट

एस.इ.ई. परीक्षार्थीलाई परीक्षामा सामेल नहुन पारिवारिक दवाब

जनकल्याण माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा विद्यालय शिक्षा परीक्षा (एस.इ.ई.) दिइरहेकी एक परीक्षार्थीलाई परीक्षामा सामेल नहुन पारिवारिक दवाब परेको सार्वजनिक भएको छ । परीक्षामा सहभागी हुनबाट एक परीक्षार्थीलाई उनकै श्रीमानले रोकेको खबर सार्वजनिक भएसंगै प्रहरी सहितको टोली उनको घरमै पुगी परीक्षा केन्द्रमा ल्याई परीक्षामा सहभागी गराएका थिए ।

केहि ढिला भएपनि उनी शनिवार अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षामा सहभागी भएको केन्द्राध्यक्ष राम बहादुर जि.सी.ले जानकारी दिनुभयो । परीक्षार्थी (नाम ठेगाना गोप्य राखिएको)ले भने शनिवार भएकाले झुक्किएर परीक्षा केन्द्र नआएको टिप्पणी गरिन ।

जनकल्याण माध्यमिक विद्यालय परीक्षा केन्द्रमा माडी मा.वि.का ५६, जनजीवन मा.वि.का ६६, कृष्णनगर मा.वि.का ४२ र पिसल्याण्ड इङ्गलिस स्कुलका २४ जना परीक्षार्थीहरु एस.इ.ई. परीक्षामा सहभागी छन् ।

तपाईको प्रतिक्रिया