माडी नगरपालिका वडा नं. ८ को वडास्तरीय खेलकूद तथा साँस्कृतिक विकास समितिले कार्यालय स्थापना गरेको छ ।
विद्यालय समायोजमा परी खाली रहेको जीवनपुर डाँडास्थित आधारभूत विद्यालय
जीवनपुरको भवनमा समितिले कार्यालय स्थापना गरेको हो । विद्यालय भवनलाई
सरसफाई गरी वडा नं. ८ का युवाहरुले कार्यालय कक्ष सञ्चालनमा ल्याएका हुन् ।
सो विद्यालयसंगै इन्द्रबस्ती आधारभूत विद्यालयलाई माडी नगरपालिकाले जनजीवन
माध्यमिक विद्यालयमा समायोजन गरेको थियो ।
वडास्तरीय युवा, खेलकूद तथा साँस्कृतिक समितिका अध्यक्ष निशान पौडेलको
अध्यक्षतामा सम्पन्न सरसफाई तथा कार्यालय कक्ष स्थापना कार्यक्रममा माडी
नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कृष्णराज अधिकारी, समितिका सल्लाहकार
सुर्य बहादुर भण्डारी, जनजीवन माध्यमिक विद्यालयको व्यवस्थापन समिति
अध्यक्ष श्याम पौडेल लगायत समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको
थियो ।




