रेवा
मध्यवर्ती उपभोक्ता समिति कल्याणपुरले बन्यजन्तु पीडित परिवारलाई राहत रकम
वितरण गरेको छ । २४औं वन्यजन्तु सप्ताहको अवसर पारी सो समितिले
बन्यजन्तुको आक्रमणबाट घाइते र बन्यजन्तुहरुबाट मृत्यु भएको परिवारलाई कुल १
लाख ८० हजार रुपैंया राहतस्वरुप प्रदान गरेको हो ।
रेवा
मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष शिव बहादुर कार्कीको अध्यक्षतामा
सम्पन्न सो कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत
एवं बगहीँ माडी सेक्टर प्रमुख रमेश यादवको प्रमुख आतिथ्यता रहेको थियो ।
यसअघि, सो समितिले वन्यजन्तु सप्ताहकै सन्दर्भ पारी शुक्रबार ‘मानव
बन्यजन्तु असमझदारी न्यूनिकरणमा युवाहरुको भूमिका’ बिषयक अन्तरक्रिया
कार्यक्रम सञ्चालन गरेको थियो ।




