माडी नगरपालिकाले तेश्रो नगर परिषद्को तयारी गरिरहेको सन्दर्भमा नगरपालिकाको नेतृत्व गरिरहेको नेकपा माडीले बिस्तारित बैठक आयोजना गरी नीतिगत सुझावहरू दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माडी नगर कमिटिले माडी क्याम्पसको सभाहलमा एक कार्यक्रम सञ्चालन गरी सो पार्टीबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष र अन्य जनप्रतिनिधीहरुलाई नीतिगत सुझावहरु सहित निर्देशन गरेको हो ।
नेकपा माडीका नेता नारदमणी पौडेलको अध्यक्षतामा सम्पन्न सो बैठकमा नेकपाका प्रदेश कमिटि सदस्य देखि वडास्तरका नेताकार्यकर्ताहरु र निर्वाचित जनप्रतिनिधीहरु सहभागी रहेका थिए । माडीको समग्र विकासका लागि गौरवका योजनाहरु छनौट गर्न, शिक्षा, जनस्वास्थ्य र भौतिक पूर्वाधार विकासमा विशेष जोड दिन तथा चुनावी घोषणापत्रमा उल्लेखित योजनाहरु अगाडि बढाउन सुझाव दिइएको नेता पौडेलले जनाउनुभयो । माडी नगरपालिकाले जारी ज्येष्ठ महिनामै आगामी आर्थिक बर्ष २०७६/७७ को नगर परिषद् गर्ने तयारी गरेको जनाएको छ ।




