स्वदेशपोष्ट विशेष

माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनमा छुटेकालाई अपाङगता परिचय पत्र वितरित

माडी नगर अपाङ परिचयपत्र वितरण समितिद्धारा माडी नगर क्षेत्रमा रहेका अपांगहरुको तथ्यांक संकलनमा छुटेका ३२ जनालाई बिहीबार अपाङगता परिचय पत्र वितरण गरिएको छ । विवरण संकलन पश्चात् अपाङ्गताको ‘क’, ‘ख’ , ‘ग’ र ‘घ’ गरि चार समूहमा वर्गीकरण गरिएको छ । ‘क’ वर्गको रातो कार्ड पाउने ४ जना रहेका छन् भने ‘ख’ वर्गको निलो कार्ड पाउने १८ जना, ‘ग’ वर्गको पहेँलो कार्ड पाउने ५ जना र ‘घ’ वर्गको सेतो कार्ड पाउने ५ जना रहेका छन् ।

‘क’ वर्गमा पर्ने अपाङगता भएका व्यक्तीहरुलाई नेपाल सरकारद्धारा प्रदान गरिने सामाजिक सुरक्षाभत्ता बापत रु २ हजार र ‘ख’ वर्गमा पर्ने अपाङगता भएका व्यक्तीहरुलाई रु ६०० सहित १ लाख बराबरको निशुल्क स्वास्थ्य बिमाको ब्यवस्था रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया