देश-प्रदेश खबर पोष्ट

पूर्व शिक्षामन्त्री एवं नेकपा नेता डि.आर. पौडेलको निधन

नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा दोश्रो संबिधानसभाका समानुपातिक सभासद धनिराम (डि.आर.) पौडेलको निधन भएको छ । उहाँको आज शुक्रबार बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको उहाँको परिवार निकट श्रोतले जानकारी दिएको हो । यद्यपि अस्पतालले यसको औपचारिक घोषणा गर्न भने बाँकी रहेको छ । हाल उहाँको शव बघौंडा अस्पताल, बसन्तपुरमा रहेको छ र त्यहाँ परिवार सदस्य एवं पार्टीका जिल्ला एवं नगरस्तरका नेताकार्यकर्ताहरु जम्मा हुन थालेका छन् ।

यसैबिच, नेकपा माडी नगर कार्यालयको आकस्मिक बैठक केहि समयमा बस्न लागेको छ । त्यसैगरी बिहान ११ बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश माडी आउन लाग्नुभएको पार्टीनिकट श्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया