नेपाल सरकारका पूर्व शिक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य धनिराम (डि.आर.) पौडेलको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत शीर्ष नेताहरुले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

अध्यक्ष प्रचण्डसहित नेता बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, शिक्षा मन्त्री गिरिजमणी पोखरेल, अमिक शेरचन र जिल्लास्तरीय नेताहरु लगायतले पौडेलको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । पौडेलको आज बिहान करीब ७ बजे हृदयघातका कारण निधन भएको थियाे ।

दिवंगत पौडेलको अन्तिम श्रद्धाञ्जली पश्चात शवयात्रा गरिएको छ ।




