माडी (स्थानीय) खबर पोष्ट

उच्च गतिकाे इन्टरनेटका लागि माडीमा एन.टि.सी काे अप्टिकल फाइबर

देशकै प्रमुख दुरसञ्चार एवं इन्टरनेट सेवा प्रदायक नेपाल टेलिकमले माडी नगर क्षेत्रमा समेत अप्टिकल फाइबरको कनेक्सन जोड्न लागेको छ । माडी उपत्यकामा अप्टिकल फाइबर कनेक्सन पु-याउन हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ड्रेनेज (नाली) खन्ने र पुर्ने काम जारी रहेको हो ।

फाइबर बिछ्याउन आवश्यक सम्पूर्ण कानुनी प्रकृया पुरा गरी निकुञ्जको कसरा पोष्टबाट फाइबर तार बिछ्याउने कार्य सुरु गरिएको हो । आउँदो एक साताभित्र कसराबाट माडीको बनकट्टासम्म अप्टिकल फाइबरको कनेक्सन पुगिसक्ने नेपाल टेलिकमले जनाएको छ ।

अप्टिकल फाइबरको कनेक्सन भएपश्चात टेलिकमले माडीमा ए.डि.एस.एल.संगै फाइबर टु द होम प्रविधिमा आधारित उच्च गतिमा इन्टरनेट सेवा प्रदान गर्न सक्नेछ । त्यसैगरी हाल माडीको जि.एस.एम. र सि.डि.एम.ए. नेटवर्कका लागि मौलाकालिकाको डाँडाबाट रेडियो लिंकमा निर्भर रहेको टेलिकमले सेवालाई गुणस्तरीय बनाउँदै फोर जी सेवा सुरुवात गर्ने टेलिकमको केन्द्रीय प्राविधिक टोलीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया