नेपाल सरकारका पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डी.आर. पौडेलको स्मृतिमा अष्ट्रेलियाको सिड्नीमा शोकसभा गरिएको छ ।
दिवंगत पौडेलका शुभचिन्तकहरुले लस्करै उभिएर उहाँको सम्झनामा ५३ वटा मैनबत्ती बाली सेता गुलाबका थुँगाहरु अर्पण गरेका थिए । शोक सभामा उपस्थित नेकपा नेता युवराज चौलागाईले पूर्व विद्यार्थी नेतासमेत रहनुभएका डी.आर. पौडेललाई नेपाली राजनीतिका ईमान्दार, सरल तथा अध्ययनशील नेताका रुपमा स्मरण गर्नुभयो ।
प्रस्तावि प्रवासी नेपाली एकता मञ्चका नेता शेषमणी शर्माले दिवंगत पौडेल एक असल र जनताप्रति प्रतिबद्ध नेता भएको बताउनुभयो । संगठनका अर्का नेता रमेश पाण्डेले पौडेलको निधनबाट नेपालको वाम आन्दोलनलाई क्षति भएको बताउनुभयो । मेरिल्याण्डको रेस्ट फङ्सन सेन्टरमा भएको सो कार्यक्रममा चितवन तथा नेपालका विभिन्न ठाउँबाट अष्ट्रेलिया पुगेका गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।




