माडी (स्थानीय) खबर पोष्ट

माडीको हुलाकी सडक हिलाम्य र धुलाम्य हुँदा यात्रु तथा सवारी साधनहरूलाइ असहज

नारायणगढ माडी ठोरी हुलाकी सडकमा बर्षायाम सुरु हुनै लाग्दा पिच भत्काएर ग्राभेल तथा रोलिङ गरिएको थियो । तर बर्षायाम सुरु भई बाटोको माथिल्लो भागमा रहेको बालुवा र मसिना कंक्रिटहरु बग्न थालेसंगै बाटोमा ठूला कंक्रिटहरु देखापर्न थालेका छन् । बाटोमा फैलिएका कंक्रिट र ढुंगाका कारण मोटरसाइकल, साइकल, तीनपांग्रे सवारी र हलुका सवारी साधनहरु चलाउन अप्ठ्यारो हुन थालेको गुनासो बढेको हो । त्यसैगरी, बाटोमा गाडी गुड्दा अत्यधिक धुलो उड्ने गरेकाले पैदलयात्री र साइकल तथा मोटरसाइकल यात्रीहरु समस्यामा पर्ने गरेका छन् ।

माडीको बनकट्टास्थित रीउ नदीको पुलदेखि जीवनपुर (घाँघर) खोलासम्म कालोपत्रे बाटो बनाउने ठेक्का पाएको आशिष निर्माण सेवाले बर्षा हुनुअघि सडकको ग्राभेलिङ गर्ने काम पुरा गरेपनि पिच गर्ने काम भो बर्षायाम पछि गर्नेगरी रोकेको छ । कालोपत्रे गर्नका लागि आवश्यक बेस म्याटेरियल भनिने क्रसर उपलब्ध नरहेकाले कालोपत्रे गर्ने काममा ढिलाई भएको ठेकदार पक्षको जिकीर छ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार