देश-प्रदेश खबर पोष्ट

ब्रेन ट्युमरको उपचारमा आर्थिक सहयोग गरिदिन चालिसे परिवारको अनुरोध

ब्रेन ट्युमरका कारण अस्पताल भर्ना हुनुभएका माडी सितलपुरका बिपन्न युवा रामु चालिसेको उपचारमा आर्थिक सहयोग गरिदिन सार्वजनिक अनुरोध गरिएको छ ।

माडी नगरपालिका वडा नं. ४ सितलपुर निवासी टिकाराम चालिसेका छोरा रामु चालिसेको ब्रेन ट्युमरका कारण हाल काठमाडौंको वीर अस्पतालमा उपचार जारी रहेको हो । उहाँको टाउकोमा दुईवटा ट्युमर रहेकाले दुईपटक शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको र त्यसका लागि लागि करीब १० लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । चालिसे परिवारको आर्थिक अवस्था भने अत्यन्त कमजोर रहेकोले उपचार खर्च सहयोग गरिदिन परिवारले अनुरोध गरेको हो ।

चालिसेको उपचार सहयोगार्थ स्थानीयबासी टिकाराम पौडेलको संयोजकत्वमा ९ सदस्यीय उपचार सहयोग समिति गठन भएको छ । समितिले हालसम्म माडीबाट करीब ४० हजार रुपैंया संकलन गरिसकेको छ । त्यसैगरी भरतपुर क्षेत्रमा ढाकाराम लामिछानेको संयोजकत्वमा १५ सदस्यीय सहयोग समिति क्रियाशील रहेको छ, जसले हालसम्म करीब ५० हजार रुपैंया सहयोग रकम संकलन गरिसकेको छ । सहयोग अभियानमा जोडिन दुबै समितिले सबैमा अनुरोध गरेको हो । रकम सहयोग गर्ने दाताहरुको विवरण स्वदेश एफ.एम.ले प्रकाशण र प्रकाशन गर्नेछ ।

तपाईको प्रतिक्रिया

ताजा समाचार