माडीको
बरुवामा २५ औं श्रृङ्खलाको स्टारकप फुटबल प्रतियोगिता सुरुवात भएको छ ।
स्टार स्पोर्ट्स क्लब, माडी-१, बरुवाको आयोजनामा क्लबको २३औं
बार्षिकोत्सवको सन्दर्भ पारी तीज पर्वको अवसरमा स्टार कप फुटबलको रजत
श्रृङ्खला सुरुवात भएको हो ।
क्लबका अध्यक्ष हरि अधिकारीको
अध्यक्षतामा सम्पन्न खेल उद्घाटन समारोहको प्रमुख अतिथि माडी नगरपालिकाका
मेयर ठाकुर प्रसाद ढकाल र विशिष्ट अतिथि माडी नगर खेलकूद समितिका
संयोजक रामबन्धु पोखरेल रहनुभएको थियो । उद्घाटन कार्यक्रममा माडीका
विभिन्न वडाका वडाध्यक्षहरु, राजनैतिक दलका प्रतिनिधी र विभिन्न
संघसंस्थाका प्रतिनिधीहरु सहभागी रहेका थिए । कार्यक्रममा स्थानीय थारु बाल
समूहले थारु साँस्कृतिक नृत्य प्रस्तुत समेत गरेको थियो । नगरप्रमुख
ढकालले खेल उद्घाटन गर्नुभएसंगै उद्घाटन खेलमा माडी नगरपालिका वडा नं. ६,
कल्याणपुर ए र बीरञ्ची युवा क्लब भिँडेका छन् ।




