देश-प्रदेश खबर पोष्ट

पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा ठूलो प्रदर्शन

पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा ठूलो प्रदर्शन भएको छ । भरतपुरको चौबिसकोठी क्षेत्रमा भइरहेको -यालीमा हजारौंको सहभागिता रहेको छ । लामिछाने आज रिहाई हुने अपेक्षा गर्दै उहाँलाई स्वागत गर्न चितवनसंगै देशका विभिन्न ठाउँहरुबाट हजारौंको संख्यामा उहाँका समर्थकहरु भेला भएका हुनु ।

यसअघि बिहान करीब १० बजे लामिछाने सहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालतमा हाजिर गरेको छ । हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले दोश्रोपटक थपेको ५ दिनको म्याद आज सकिएको हो । प्रहरीले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछासहित तीन जनाविरुद्ध नै आज चितवन जिल्ला अदालतमा अभियोग पत्र दायर समेत गर्दैछ ।

तपाईको प्रतिक्रिया