खेल र खेलाडी पोष्ट

स्टार कप फुटबलमा शुक्रबार चैनपुर र बुद्धज्योति युवा क्लब विजयी

बाँदरझुलामा जारी तीज कप फुटबलमा शुक्रबार वनशक्ति युवा क्लव, टाउन (ठोरी) र युनाइटेड क्लब प्लट नं ६ ,बाँदरझुला विजयी

माडीको बरुवामा जारी पच्चीसौं स्टार कप फुटबलमा शुक्रबार चैनपुर फुटबल क्लब ए र बुद्धज्योति युवा क्लब सितलपुर विजयी भएका छन् । पहिलो खेल चैनपुर फुटबल क्लब र नाजिल माडी नगरपालिका वडा नं. २ बिच भएकोमा ३-० गोलअन्तरसहित चैनपुर विजयी भएको थियो । दोश्रो खेल बुद्धज्योति युवा क्लब सितलपुर र जनआस्था युवा क्लव, माडी नगरपालिका ६, बसन्तपुरबिच भएकोमा ३-१ गोलअन्तरबाट बुद्धज्योतिले जीत दर्ता गरेको हो ।

उता, बाँदरझुलामा जारी तीज कप फुटबलमा शुक्रबार वनशक्ति युवा क्लव, टाउन (ठोरी) र युनाइटेड क्लब प्लट नं ६ ,बाँदरझुला विजयी भएका छन् । पहिलो खेल वनशक्ति युवा क्लव र आयोजक युवा दर्शन समाज क्लब, बाँदरझुला बिच भएकोमा ५-२ गोलअन्तरसहित वनशक्ति विजयी भएको थियो । दोश्रो खेल युनाइटेड क्लब, प्लट नं ६ ,बाँदरझुला र फारलाइन युवा एकता समाज, ठोरीबिच भएकोमा ५-१ गोलअन्तरसहित युनाइटेडले जीत निकालेको हो ।

तपाईको प्रतिक्रिया

ताजा समाचार