माडी (स्थानीय) खबर पोष्ट

अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा शिशु कल्याण प्रथम

नेपाल जुनियर रेडक्रस सर्कल, शिशु कल्याण आधारभूत विद्यालयले आयोजना गरेको अन्तर माडी गाउँखाने कथा प्रतियोगितामा आयोजक सर्कलको टोली प्रथम भएको छ ।

त्यसैगरी दिव्य कालीका अंग्रेजी विद्यालय कल्याणपुर दोश्रो, जनकल्याण माध्यमिक विद्यालय तेश्रो र माडी माध्यमिक विद्यालयको टोलीले चौथो वा सान्त्वना स्थान हासिल गरेको छ । नेपाल रेडक्रस सोसाइटीको ५७ औं स्थापना दिवसको अवसर पारी माडीको स्याउलीबासस्थित आधारभूत विद्यालयमा माडी स्तरीय गाउँखाने कथा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा माडीभरबाट १४ वटा आधारभूत तहका विद्यालयको जु.रे.स. टोलीको सहभागिता रहको थियो ।

आयोजक सर्कलकी सभापति सबिता सुनारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा माडी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष भरत बहादुर गुरुङको प्रमुख आतिथ्य र नेपाल रेडक्रस सोसाइटी कल्याणपुर उपशाखाका सभापति रामकृष्ण अधिकारीको विशिष्ट आतिथ्य रहेको थियो ।

तपाईको प्रतिक्रिया