माडी (स्थानीय) खबर पोष्ट

डेङ्गुको प्रकोप न्यूनिकरणका लागि माडीमा ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’

चितवनसंगै देशैभर डेङ्गु रोगको प्रकोप फैलिरहँदा माडी नगरपालिकाले त्यसको न्यूनिकरणका लागि ‘सर्च एण्ड डिस्ट्रोए क्याम्पेन’ सञ्चालन गर्ने भएको छ ।

माडी नगर क्षेत्रका ९ वटै वडाहरुमा डेङ्गुको कारक मानिएको एडिस जातको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन हुन लागेको नगरपालिकाका जनस्वास्थ्य संयोजक शिव प्रसाद सुवेदीले जानकारी दिनुभयो । नगरपालिकाले डेङुगु रोग नियन्त्रण तथा सरसफाई सम्बन्धी अन्तरक्रिया आयोजना गरी नगर क्षेत्रको सरसफाई तथा डेङ्गु नियन्त्रणको पहलमा लाग्ने जनाएको हो । माडी उपत्यकामा सरसफाईको समस्या नियन्त्रण बाहिर नरहेको भन्दै नगरपालिकाले त्यसमा सघाउन सबैमा अनुरोध समेत गरेको छ ।

नगर उपप्रमुख ताराकुमारी काजी महतोको अध्यक्षतामा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र जिल्ला स्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक डा. राम कुमार के.सी.को विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा उद्योग बाणिज्य संघ माडी, ईलाका प्रहरी कार्यालय माडी, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट छरछरे, बघौंडा अस्पताल, रेडक्रस उपशाखाहरु, टोल सुधार समिति, बजार व्यवस्थापन समिति र माडीका स्वास्थ्य संस्थाहरुसंगै जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया