देश-प्रदेश खबर पोष्ट

विप्लव पुत्र प्रकाश चन्दसहित मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरू रिहा

चितवन मेडिकल कलेज भित्र आन्दोलन गर्न लागेको भन्दै पक्राउ परेको नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दसहित सात जना विद्यार्थीहरू छुटेका छन् ।

चितवन प्रहरीले आज (बिहीबार) विहान प्रकाश चन्दसहित नियन्त्रणमा रहेका सात जना विद्यार्थीलाई नै छाडेको हो । यसअघि पक्राउ परेका मध्ये ९ जना हिजो (बुधबार) साँझ नै छुटेका थिए । कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ । अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका हुन  ।

तपाईको प्रतिक्रिया

ताजा समाचार