नमुना छात्रबासमा संरक्षित बालबालिकाहरुलाई सहयोग गर्ने क्रम बढ्यो

माडीको लक्ष्मीनिवासस्थित नमुना छात्रबासमा संरक्षित अनाथ तथा बिपन्न बालबालिकाहरुले सहयोगी हातहरुको सहयोग पाउन थालेका छन् ।

विज्ञापन १

छात्रबासमार्फत आवासीय रुपमा निःशुल्क पढ्दै आएका करीब ४० जना अनाथ तथा बिपन्न एवं चेपाङ समुदायका बालबालिकाहरुलाई माडी नगरपालिका वडा नं ५ रमाइलोडाँडा निवासी हरिप्रसाद शर्मा भट्टराईले खाना र खाजा खुवाउनुभएको हो । उहाँले आफ्ना दिवंगत वुबाआमा गिरीधारी शर्मा र उतिमा शर्माको स्मरणमा बालबालिकालाई कापी, कलम र फलफूल वितरण समेत गर्नुभएको छात्रबासका संरक्षक टिकाराम आचार्यले जानकारी दिनुभयो ।

विज्ञापन २

यसअघि, बसन्तपुरस्थित पिश्वास फार्मेसीका सञ्चालक गोविन्द नेपालले आफ्नो जन्मदिनको अवसर पारी बालबालिकाहरुको स्वास्थ्य परीक्षण सहित खानपिन गराउनुभएको थियो भने करीब एक साताअघि युवा समाजसेवी श्रीप्रसाद दवाडीले समेत छात्रबासमा संरक्षित वालबालिकालाई भोजन गराउनुभएको थियो । सहयोगी समाज नेपालको सहयोग र समन्वयमा सञ्चालित सो छात्रबासमा रहेका बालबालिकाहरुलाई खानपिन र शिक्षादीक्षाका लागि यसअघि बैदेशिक सहयोगीको मात्र भर पर्नु परेकोमा हाल माडी नगरपालिका र सहयोगी संघसंस्था तथा व्यक्तिहरुको समेत सहयोग जुट्न थालेको हो ।

तपाईको प्रतिक्रिया