

जिल्ला
लीग फुटबल प्रतियोगितामा सहभागिता जनाएको माडीको बसन्तपुर युनाइटेड क्लबले
गीतानगर ब्वाइजसंग अंक बाँडेको छ । सौराहामा जारी सो प्रतियोगिताको समूह
चरणको खेलमा बसन्तपुर युनाइटेड क्लब र गीतानगर ब्वाइजले निर्धारित समयमा
२-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन ।
उता, धनुषामा जारी २
नम्बर प्रदेशको प्रतिष्ठित वीरेन्द्र बजार गोल्ड कपको सेमीफाइनलमा बसन्तपुर
युनाइटेड क्लबले आयोजक चारनाथ युवा क्लबसंग
२-० को पराजय व्यहोर्नु परेको छ । खेल अवधीभर बसन्तपुरले थुप्रैपटक गोलको
अवसर सिर्जना गरेपनि सफल हुन भने सकेन । खेलको दौरानमा जनकपुरका स्थानीय
दर्शकहरुले बसन्तपुरको समर्थनमा हुटिङ गर्नुका साथै खेल मैदानभित्रै प्रवेश
गरी रेफ्रिको भूमिकाप्रति असन्तुष्टी जनाएका थिए ।


