

गर्दी महिला साना किसान कृषि सहकारी संस्थाले गत आर्थिक बर्ष २०७५/७६ मा १३ लाख रुपैंया मुनाफा गरेको छ । त्यसअघिको आर्थिक बर्षमा करीब करीब ६ लाख ५० हजार मुनाफा गरेको सो सहकारीको मुनाफा दुई गुणाले बढेको हो ।
बरुवामा सम्पन्न सहकारीको छैठौं साधारणसभा कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदनमा सो जानकारी गराइएको हो । सहकारीले गत आर्थिक बर्षमा कुल ८ करोड ऋण लगानी गरेको जनाएको छ, जसमध्ये माडी नगरपालिकाको व्याज अनुदानमा १ करोड २५ लाख रुपैंया कृषि ऋण प्रवाह भएको छ ।

सहकारीकी अध्यक्ष धनरजिया महतोको अध्यक्षतामा सम्पन्न सो साधारणसभामा प्रमुख अतिथिका रुपमा माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालको उपस्थिति रहेको थियो । कार्यक्रममा नगरपालिकाका सहकारी संयोजक ईश्वरी ढकाल र जिल्ला कृषि संघका अध्यक्ष हरि पौडेल तथा अन्य विभिन्न संघसंस्थाहरुका प्रमुख एवं प्रतिनिधीहरुको आतिथ्य रहेको थियो भने सहकारीका सेयर सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
