माडी (स्थानीय) खबर पोष्ट

माडी नगरपालिकाले जडान गरेको क्रसर प्लाण्टबाट उत्पादन सुरु हुँदै

माडी नगरपालिकाले स्थापना गरेको क्रसर प्लाण्टको निर्माण कार्य सकिएको छ । माडी नगरपालिका वडा नं ५ र ६ को सिमानामा पर्ने मझुवा क्षेत्रमा क्रसर प्लाण्ट स्थापना गरिएको हो ।

गतबर्ष माघ ५ गते बेस फाउण्डेसन शिलान्यास भएको सो प्लाण्टको निर्माण पुरा हुन करीब ८ महिना लागेको हो । सुरुवातमा फाल्गुण मसान्तसम्ममा क्रसर प्लान्ट तयार गर्ने कार्यादेश पाएको भएपनि प्राविधिक कारण निर्माण अवधी लम्बिएको ठेकदार पक्ष म्याप ईन्टरप्रेनर्स (प्रा.) लि.को भनाई छ । प्लाण्टको इक्विप्मेन्ट (प्रविधीगत) परीक्षण आज गरिएको र भोलिबाट परीक्षण उत्पादन गरिने जनाइएको छ ।

माडी नगरपालिकाको कार्यपालिका बैठकले गतबर्ष भदौ ३० गते क्रशर मेसिन प्लाण्ट स्थापना गर्ने निर्णय गरेको थियो । नगर क्षेत्रमा निर्माणजन्य परियोजनाहरुका लागि खोलाबाट गिट्टी ढुंगा उठाउँदा संधै चितवन राष्ट्रिय निकुञ्जको अवरोध झेल्दै आउनुपरेको माडी नगरपालिकाले त्यसको निकासमा सघाउन क्रसर मेसिन जडान गरेको हो ।

तपाईको प्रतिक्रिया