माडी (स्थानीय) खबर पोष्ट

गोद्धकस्थित मञ्च भत्केको दुई महिना बितिसक्दा पनि मर्मत सुरु भएन

हावाहुरीका कारण ढलेको रुखले भत्काएको माडीको गोद्धकस्थित सार्वजनिक मञ्च दुई महिना बितिसक्दा पनि मर्मत सुरु हुन सकेको छैन ।

तात्कालीन गोद्धक पर्यटन विकास समितिको सहयोगमा स्थानीय युवाहरुले जनश्रमदान गरी करीब ५ बर्षअघि निर्माण गरेको मञ्च नजिकै रहेको साजको रुख ढल्दा क्षतीग्रस्त हुनपुगेको थियो । गोद्धक मेला लाग्ने चौर क्षेत्रमै रहेको सो मञ्च भत्किएसंगै स्थानीय युवाहरुले वडा कार्यालय र मध्यवर्ती उपभोक्ता समितिमा जानकारी गराई मर्मतका लागि आग्रह गरेपनि हालसम्म मर्मत सुरुवात हुन नसकेको जनाएका छन् ।

चौरमा विभिन्न कार्यक्रम सञ्चालन गर्दा एवं बनभोजको समयमा उपयोगमा आइरहने सो मञ्च पर्यटकीय महत्वको गोद्धक क्षेत्रको महत्वपूर्ण अंगका रुपमा रहँदै आएको थियो । गोद्धक मेला लाग्दा मेलाको सचिवालय एवं कार्यालय समेत बनाइएको सो मञ्चको पुनर्निर्माणमा तत्कालै ध्यान दिन स्थानीय युवाहरुको माग छ ।

तपाईको प्रतिक्रिया