

केमिकल
र धुलो पाउडरको प्रयोग गरी सुनचाँदीका गरगहना सफाई गर्ने भन्दै संकास्पद
गतिबिधी गरेका एकजनालाई ईलाका प्रहरी कार्यालय माडीले नियन्त्रणमा लिएको छ ।
माडी नगरपालिका वडा नं. ८, दक्षिण अयोध्यापुरी निवासी हर्क बहादुर तामाङकी
श्रीमती भद्रकाली तामाङको कानको सुन सफा गर्ने भन्दै ठगी गरेको आशंकामा
माडी प्रहरीले एक भारतीयलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा भारत
सहर्षा पर्सतमपुर निवासी अन्दाजी बर्ष १८
का राजकुमार साह रहेका छन् । उनको साथबाट प्रहरीले पिताम्बर नामको पाउडर,
गेरु, विभिन्न खालका रसायन (केमिकल) भरिएका भाँडा, ब्रुस, कपास आदि बरामद
गरेको छ ।
पक्राउ परेका साहलाई थप अनुसन्धान र कारवाहीका लागि
जिल्ला प्रहरी कार्यालय चलान गरिएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख
हर्क बहादुर विश्वकर्माले जनाउनुभयो । सुनचाँदी सफाई गर्ने बहानामा ठगी
हुनसक्ने भएकाले सचेत हुन र यसखालका कुनैपनि संकाश्पद गतिविधी भएको देखिए
प्रहरीलाई खबर गर्न पनि उहाँले आग्रह गर्नुभयो ।


