माडी नगरपालिका-५ दक्षिण ब्रह्म्पुरी स्थित सामुदायिक भवनमा अाज घटस्थापनाकाे दिनदेखि नवदुर्गा पुजा सुरूभएकाे छ । हिजाे साँझ दुर्गा मुर्ति स्थापना गरिएकाे र अाजबाट भजन कृतन सहितकाे पूजा अर्चना सुरूवात भएकाे समितिका अध्यक्ष कृष्णमणि सुवेदीले जनाउनुभयाे ।
माडी रामराज्यपुरका मुर्तिकार पुर्ण बहादुर कामीले स्थानिय स्राेत र साधनबाट साे मुर्ति निर्माण गर्नुभएकाे हाे । अाजबाट सुरूभएकाे नवदुर्गा पुजा अन्तरगत हरेकदिन बिहान पूजा अर्चना चल्ने र साँझ भजनकृतन सहित नाचगान हुने जनाईएकाे छ ।
स्थानिय युवाहरूकाे सक्रियतामा निर्मित सामुदायिक भवनमा छलफल, समुहगत बैठकहरू सञ्चालन हुने गरेकाे छ भने विभिन्न धार्मिक तथा सांस्कृतिक पर्वकाे अवसर पारि कार्यक्रमहरू समेत सञ्चालन हुँदै अाएकाे छ ।





