देश-प्रदेश खबर पोष्ट

विद्युत प्राधिकरणको बसन्तपुरस्थित महसुल काउण्टर आइतबारदेखि खुला हुने

लकडाउनका कारण लामो समयदेखि बन्द रहेको नेपाल विद्युत प्राधिकरणको बसन्तपुरस्थित महसुल संकलन काउण्टर आउँदो आइतबारदेखि खुला हुने भएको छ ।

कोरोना संक्रमण फैलिन नदिन आवश्यक पूर्वसावधानीका उपायहरु अपनाई आइतबारदेखि काउण्टर खुला गर्न लागिएको प्राधिकरणको चनौली वितरण केन्द्रका प्रमुख ई. शिशिर लम्सालले जानकारी दिनुभयो । माडीसंगै चनौलीमा पनि आइतबारदेखि मिटर रिडिङ तथा विद्युत महसुल संकलन काउन्टर खोल्नुका साथै विद्युत जडानको काम सुचारु गरिने उहाँको भनाई छ । महसुल बुझाउन आउने ग्राहकहरुले अनिवार्य मास्क लगाएको हुनैपर्ने, हात धोएर वा स्यानिटाइजर लगाएर मात्रै भौतिक दुरीसहित महसुल बुझाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो।

प्राधिकरणको केन्द्रीय कार्यालयले निर्देशन दिएकाले गतबर्ष चैत ११ गतेदेखि बन्द रहेका यी सेवा माडीसंगै देशैभर सुचारु हुन लागेका हुन् । लकडाउन सुरु भएसंगै ग्राहकहरुको मिटर रिडिङ कार्य नहुँदा गत फागनुदेखि उपभोक्ताहरुले विद्युत महसुल तिर्न सकेका छैनन् । यसबिचमा मिटर रिडिङ र महसुल बुझ्ने काम रोकिएपनि स्थानीय सरकारसंगको समन्वयमा चनौली वितरण केन्द्रले माडी नगर क्षेत्रमा विद्युत बिस्तार र मिटर जडानको काम चाँही जारी नै राखेको थियो ।

तपाईको प्रतिक्रिया