

माडीमा कोरोनाको संक्रमण नियन्त्रणकामा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा राखिएका समेत २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
माडीमा शसस्त्र प्रहरी बल, जनपद प्रहरी र जनस्वास्थ्य विभागमा कार्यरत स्वास्थ्यकर्मीहरुको आर.डि.टी. प्रविधिबाट कोरोना परीक्षण गरिएकोमा नेगेटिभ रिपोर्ट आएको हो । माडी नगरपालिका जनस्वास्थ्य शाखाले गरेको आर.डि.टी. परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको नगर जनस्वास्थ्य संयोजक शिव सुवेदीले जनाउनुभयो । यस क्रममा २ जनामा पि.सि.आर. प्रविधीबाट कोरोना परीक्षण गरिएकोमा त्यसको रिपोर्ट आउन भने बाँकी छ ।

यसैबिच, माडीमा क्वारेन्टाइन सेन्टरबाट २ जना संक्रमित भागेको भनी अनावश्यक अफवाह फैलिएको छ । क्वारेन्टाइन सेन्टरमा रहेकाहरु सबैजना सम्बन्धित सेन्टरमै रहेको, सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र हालसम्म कोहि संक्रमित पुष्टी नभएकाले यसप्रकारका अनावश्यक हल्लाको पछि नलाग्न र नफैलाउन ईलाका प्रहरी कार्यालय माडीले सबैमा अुनरोध गरेको छ ।
